सवारी दुर्घटनामा एकको मृत्यु

इनेप्लिज २०७२ कार्तिक २ गते १३:२४ मा प्रकाशित

accident-signकाँकडभिट्टा (झापा), २ कात्तिक । झापाको काँकडभिट्टामा आज अपराह्न भएको सवारी दुर्घटनामा ३२ वर्षीय श्याम बजगाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट धरान जाँदै गरेको को१ख ४१९४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आइरहेको को१प ९४७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बजगाईं घाइते भएका थिए ।

मोरङ पथरी निवासी घाइते बजगार्इंलाई उपचारका लागि बिएन्डसी हस्पिटल विर्तामोडमा ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया