प्रतीक्षालय निर्माणका लागि सहयोग

इनेप्लिज २०७२ असोज १९ गते ३:५४ मा प्रकाशित

रामपुर (पाल्पा), १९ असोज । सामाजिक सेवामा समर्पित कमलराज भट्टराईले सामाजिक कार्यका निम्ति आर्थिक सहयोग गर्नुभएको छ ।

रामपुर नगरपालिका–१० कठानमा प्रतीक्षालय निर्माणका लागि उहाँले रु ४७ हजार सहयोग गर्नुभएको हो । बर्खामा पानी आउँदा ओत लाग्ने, गर्मीयाममा शीतल छहारीमा बस्न ‘शुभकामना आमा समूह’ले थालनी गरेको काम समाजका लागि उदाहरणीय भएकाले आफूले सहयोग गरेको उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाको रु नौ हजार, कार्कीडाँडा सामुदायिक वनको रु १० हजार सहयोगमा रु तीन लाख ५० हजारको लागतमा पक्की प्रतीक्षालय निर्माण गर्न लागिएको जानकारी समूहकी अध्यक्ष श्रीकला भट्टराईले दिनुभयो ।

प्रतिक्रिया