विपी प्रतिष्ठानबाट टेलिमेडिसिन सेवा प्रारम्भ

इनेप्लिज २०७२ असोज १९ गते २:४४ मा प्रकाशित

इटहरी, १९ असोज । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पूर्वी नेपालका पहाडी जिल्लामा रहेका अस्पतालमार्फत ती क्षेत्रका बिरामीका लागि टेलिमेडिसिन सेवा थालेको छ ।

प्रतिष्ठानले पहिलो चरणमा पहाडी जिल्ला धनकुटा, उदयपुर, सिराहा र इलामका जिल्ला अस्पताल र ती जिल्लामा रहेका स्वास्थ्य केन्द्रमा आवश्यक भौतिक तथा प्राविधिक सहयोग गरी इन्टरनेटमार्फत विशेषज्ञ सेवा दिने तयारी पूरा गरेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिष्ठानले यसका लागि टेलिमेडिसिनमा प्रयोग हुने सफ्टवेयरसम्बन्धी तालिम दिने कार्य धनकुटा जिल्ला अस्पतालमा सम्पन्न गरिसकेका छन् ।

आर्थिक अवस्था कमजोर भएका विकट भौगोलिक क्षेत्रका जनताका लागि टेलिमेडिसिन सेवा निकै फलदायी हुने हुंँदा प्रतिष्ठानले यस्तो सेवा दिन लागेको हो ।

प्रतिक्रिया