लागुऔषध ओसारपसार रोक्न प्रहरी सक्रिय

इनेप्लिज २०७२ असोज १० गते ४:१३ मा प्रकाशित

drugsगाईघाट (उदयपुर), १० असोज । केही समययतादेखि तराईका विभिन्न भागमा भएको बन्दको मौका छोपेर लागुऔषध कारोबारकर्ताले सप्तरी र उदयपुरका चुरे क्षेत्रको नाका हुँुदै लागुऔषध उदयपुर भित्र्याउन थालेका छन् ।

पटक पटक दिउँसो र राति चुरे नाका हुँदै लागुऔषध उदयपुर भित्रिन थालेपछि अहिले प्रहरीले यसको नियन्त्रणमा कडाइ गर्न नयाँ अभियान नै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । प्रहरी गस्तीलाई प्रभावकारी बनाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख टेकबहादुर गुरुङले बताउनुभयो ।

प्रहरीका अनुसार केही लागुऔषधका कारोबारकर्ताले विशेष गरेर राजमार्गबाट चुरे नाका हुँदै मोटरसाइकलमा लागुऔषध उदयपुर भित्र्याउने गरेका छन् । केही लागुऔषध कारोबारकर्ताले भने चुरे जङ्गलको सुरक्षित गोप्य मार्गबाट लागुऔषध भित्र्याउने गरेका कारण यस्तो नाकामा समेत प्रहरीले आफ्नो पहुँच र सक्रियता बढाएको छ ।

दुई महिनायता मात्र प्रहरीले सो क्षेत्रबाट करिब २० जना लागुऔषध कारोबारकर्ता पक्राउसहित ठूलो परिमाणमा लागुऔषध जफत गरेको छ । बन्दका समयमा प्रहरीको ध्यान अन्यत्र जाँदा सोही मौका छोपेर लागुऔषध कारोबारकर्ताले ठूलो परिमाणमा लागुऔषध भित्र्याउने प्रयास गरिरहेको हुन सक्ने प्रहरीको ठहर छ ।

प्रतिक्रिया