वृद्धले गरे आत्महत्या

इनेप्लिज २०७२ असोज ९ गते ४:०७ मा प्रकाशित

susideइनरुवा, ९ असोज । सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार ७२ वर्षीय वृद्धले आत्महत्या गरेका छन् ।

इनरुवा–७ बस्ने ७२ वर्षीय खटर मेहताले आफ्नै घरमा रहेको मचानको वासमा नाइलनको डोरीले पासो लगाई आत्महत्या गरेको सुनसरी प्रहरीले जनाएको छ ।

मेहताले २०६९ कात्तिक ६ गतेसमेत विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेका थिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो ।

प्रतिक्रिया