नयाँ संविधानसँगै उद्योग व्यवसाय फस्टाउने

इनेप्लिज २०७२ असोज ९ गते ४:०५ मा प्रकाशित

बैतडी, ९ असोज । नयाँ संविधान जारी भएसँगै उद्योग व्यवसायको क्षेत्रमा पनि सुधार हुने यहाँका व्यवसायीले बताएका छन् ।

बैतडी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खीमानन्द भट्टले नेपाली जनताको लामो त्याग र तपस्यापछि संविधानसभाबाट संविधान जारी भएकाले अब देशमा शान्ति स्थापना हुने र शान्ति स्थापनासँगै औद्योगिक क्षेत्रले फड्को मार्नेछ भन्नुभयो ।
संविधान जारी हुनुभन्दा पहिला हुने बन्द आमहडतालले व्यापार व्यवसायमा लागेकालाई समस्या पारेको र अब निर्धक्कसँग आफ्नो व्यापार गर्न सकिने अवस्था आउने बजार व्यवस्थापन समिति खोड्पे बैतडीका अध्यक्ष हरिश विष्टले बताउनुभयो ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य मङ्गलसिंह ठगुन्नाले अब लगानीको सुरक्षा हुने भएकाले उद्योग व्यवसाय फस्टाउने छ भन्नुभयो ।

प्रतिक्रिया