आन्दोलनका नाममा हिंसा नबनाउन सिटौलाको आग्रह

इनेप्लिज २०७२ असोज ७ गते १२:१७ मा प्रकाशित

12009607_804657552965617_3003266049286845878_nझापा, ७ असोज । नेपाली काङ्ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आन्दोलनरत समूहलाई आन्दोलनका नाममा हिंसा नबनाउन आग्रह गर्नुभएको छ । हिंसा भरिएको सोचलाई अन्त्य गरी आफ्ना मागका लागि छलफल तथा बार्तामा आउन असन्तुष्ट पक्षलाई सिटौलाले अनुरोध गर्नुभयो ।

झापाको चन्द्रगढीस्थित धनुषमोड चोकमा आज बीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गर्दै महामन्त्री सिटौलाले आफूले गरेको आन्दोलनबाट अरुको अधिकार खोस्न नहुने धारणा राख्नुभयो । उहाँले देशमा जारी भएको सविधान नेपाली काङ्ग्रेस, नेकपा एमाले, एमाओबादी लगायत कुनै पार्टी विशेषको नभएर जनताले जनताको लागि बनाएको उल्लेख गर्नुभएको छ ।

पार्टीगत स्वार्थ त्यागेर संंरचनात्मक राजनीतिक दस्तावेजमा अडिग भएर कसैसँग सम्झौता नगरी विश्वव्यापी मूल्य मान्यतामा नेपालको संविधान जारी गरेको र यसैमा नेपाली जनताको विजय भएको सिटौलाले बताउनुभयो । जारी भएको संविधान सबै देशको भन्दा प्रगतिशिल र लोकतान्त्रिक भएको उल्लेख गर्दै संविधान एउटा खुल्ला सडक भएको उहाँले संज्ञा दिनुभयो । ०००००

प्रतिक्रिया