गाजा — इजरायली हवाई आक्रमणले गाजामा आज मात्र ९४ जनाको ज्यान लिएको हमास-शासित नागरिक सुरक्षा निकायका प्रवक्ताले टेलिग्राममा जानकारी दिएका छन्।
बिबिसीका अनुसार मृतकमा उत्तर गाजाको जबालिया क्षेत्रमा बसोबास गर्ने एकै परिवारका बुवा, आमा र बच्चाहरू पनि परेका छन्।
७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि इजरायलको व्यापक सैन्य प्रतिकारले गाजाको भवन र पूर्वाधारमा भीषण क्षति पुर्याएको छ।
सुरुमा उत्तर गाजामा केन्द्रित आक्रमणले इजरायली सेनाले स्थानीयलाई दक्षिणतिर सर्न आदेश दिएको थियो, तर केही समयमै आक्रमणहरू दक्षिणतर्फ समेत फैलिएको छ ।
विश्लेषकहरूका अनुसार जनवरी २०२४ मा युद्धविराम घोषणाको समयमा गाजामा झण्डै ५९.८% संरचनामा क्षति भइसकेको छ ।
तर इजरायलले १८ मार्चमा युद्धविराम अन्त्य गरेपछि, अप्रिल २८ सम्ममा यो संख्या बढेर ६०.४% पुगेको छ। गाजाको दक्षिणी सहर रफाहमा सबैभन्दा बढी संरचनात्मक क्षति भएको छ।
उपग्रहबाट प्राप्त नक्सा अनुसार गाजाको विभिन्न क्षेत्रमा ध्वंसका ठूला समूह देखिएका छन्। यद्यपि, कतिपय घरहरूमा झ्याल–ढोका मात्र नष्ट भएका घटनाहरू यस प्रणालीले देखाउन सक्दैन।
प्रतिक्रिया