“पुटिनसँग भेट नभएसम्म रुस-युक्रेन समाधान असम्भव : राष्ट्रपति डोनाल्ड ट्रम्प”

इनेप्लिज २०८२ जेठ २ गते १४:०९ मा प्रकाशित

संयुक्त अरब इमिरेट्सको अबुधाबी अवतरणपश्चात एयर फोर्स वान( राष्ट्रपति विशेष विमान)मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेनबीचको शान्ति प्रक्रिया आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भेटबिना अघि बढ्न नसक्ने स्पष्ट पारे।

“पुटिन र म भेट नगरेसम्म केही हुनेवाला छैन ? प्रस्ट छ —हामी भेट नगरेसम्म केही हुँदैन। तर हामीले यसलाई समाधान गर्नैपर्छ, किनभने धेरै मानिस मर्दैछन्,” ट्रम्पले पत्रकारहरूलाई बताए।

टर्कीमा युक्रेनसँग उच्चस्तरीय वार्ताका लागि गएको रुसी प्रतिनिधिमण्डलमा पुटिन अनुपस्थित रहेकोबारे ट्रम्प निराश नभएको बताएका छन्। “म केहीमा निराश छैन,” उनले भने।

“म किन निराश हुनु? हामीले मात्र अहिले ४ ट्रिलियन डलर उठाएका छौं, अनि तपाईंहरु प्रतिनिधिमण्डलमा निराश हुनुहुन्छ? मलाई त्यो प्रतिनिधिमण्डलबारे केही थाहा छैन,” ट्रम्पले थपे।

राष्ट्रपति ट्रम्पले संकेत गरेअनुसार रुस-युक्रेन द्वन्द्व समाधानको ढोका तब मात्र खुल्नेछ जब विश्वका दुई प्रभावशाली नेताबीच प्रत्यक्ष वार्ता हुनेछ।

प्रतिक्रिया