अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो मध्यपूर्व भ्रमणको अन्तिम गन्तव्य अबु धाबीमा पुगेका छन्। कतारको अल उदेद एयर बेस( सैनिक हवाई अड्डा)बाट एयर फोर्स वनमार्फत यात्रा गर्दै ट्रम्प संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबी पुगेका हुन्।
अबु धाबीस्थित ट्रम्पको भव्य स्वागत गरिएको थियो । त्यहा ढोल, धार्मिक गीत र सैनिक सम्मान गरियो।
अबु धाबीमा ओर्लिएलगत्तै ट्रम्पले विश्वप्रसिद्ध शेख जायेद ग्रान्ड मस्जिद( बृहत) भ्रमण गरे।
धार्मिक तथा सांस्कृतिक स्थल सामान्यतया पर्यटकका लागि खुला रहने भए पनि ट्रम्पको भ्रमणका लागि विशेषरूपमा बन्द गरिएको थियो। ट्रम्पले यसलाई “एक महान सम्मान” भन्दै प्रतिक्रिया दिए।
ट्रम्पले मस्जिद भ्रमणपछि अबु धाबीको राष्ट्रपति दरबारमा हुने दुईदेशीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ।
राष्ट्रपति ट्रम्पको भ्रमणको अन्तिम दिन शुक्रबार अमेरिका–युएई व्यापार पारिवारिक तस्विर र व्यापार गोलमेच कार्यक्रममा सहभागी हुने छन्।
त्यसपछि उनी अब्राहमिक पारिवारिक घर( फेमिली हाउस) को भ्रमणमा जाने कार्यक्रम रहेको छ जहाँ तीन धर्म (इस्लाम, इसाई र यहूदी) का प्रतीक स्थलहरू एउटै परिसरमा रहेको छ।
प्रतिक्रिया