शान्ति र्‍याली आयोजना

इनेप्लिज २०७२ असोज ६ गते ७:४७ मा प्रकाशित

Humla_district_locationहुम्ला, ६ असोज । शान्ति समितिको आयोजनामा नेपालको संविधानको खुसियालीमा शान्ति र्‍याली मनाइयो ।

र्‍यालीमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेसहित जिल्लाका सम्पूर्ण राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी, शिक्षक, विद्यार्थी, व्यापारी, समाजसेवी, बुद्धिजीवी, जनता, पत्रकारको सहभागिता रहेको थियो ।

र्‍यालीपछि आयोजित समारोहमा नेपाली काँग्रेसका जिल्ला सभापति जयपति रोकाया, एमालेका पार्टी उपाध्यक्ष ग्यामी वुमी, एमाओवादीका पार्टी सचिव लालकेश जैसी, राप्रपाका अध्यक्ष ननैसिंह रावत, मजदुर किसान पार्टीका अध्यक्ष सोर्वेण रोकाया, नेकपा(माले)का वैकल्पिक केन्द्रीय सदस्य गोरासिंह बोहोराले वर्षाैंको प्रतीक्षापछि जनताले संविधान पाएकामा खुशी व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया