अवैध मदिरा नियन्त्रणका लागि नाकामा जाँच सुरु

इनेप्लिज २०७२ असोज ६ गते ४:२७ मा प्रकाशित

जाजरकोट, ६ असोज । अवैध मदिरा उत्पादनमा वृद्धि भएको भन्दै प्रहरीले यहाँका नाकामा जाँचलाई बुधबारदेखि कडा बनाएको छ ।

सुन्दर, शान्त समाजको परिकल्पनाका साथ नागरिकको जीउधनको सुरक्षाका लागि प्रहरीले यस्तो कदम चालेको प्रहरीको भनाइ छ । मङ्गलबार दिउँसो खलङ्गा गाविस–४ युउरी र मूलपानीमा घर लुकाइछिपाई राखेको मदिरा खानतलासी गर्दा ३५ लिटर जाँड र ४२ लिटर मदिरा साथै दुई थान मदिरा बनाउने भाडासमेत प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको प्रहरीको सूचना विभागले जनाएको छ । यहाँ पछिल्लो समयमा घरेलु मदिरा उत्पादनमा वृद्धि भएको खबर प्रहरीमा पुगेपछि प्रहरीले त्यहाँ गएर मदिरा नष्ट गरेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया