विश्वशान्तिका लागि १५ वर्षदेखि मौन व्रत !

इनेप्लिज २०७२ असोज ६ गते ४:२३ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), ६ असोज । तपाईं वर्षमा कति दिन व्रत बस्न सक्नुहुन्छ ? एक दिन, दुई दिन अथवा अझ बढी । तर धेरैलाई आश्चार्य लाग्न सक्छ निरन्तर १५ वर्षसम्म मौन व्रत बसेको थाहा पाउँदा ! म्याग्दीका एक व्यक्ति भने विगत १५ वर्षदेखि व्रत बस्दै आउनुभएको छ ।

जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आउनुभएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै २०५६ सालदेखि निरन्तर मौन व्रत बस्दै आउनुभएको हो । विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी र हत्या हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर उहाँले मौनव्रत लिएको डायरीमा लेखेर दिनुभयो ।

विश्व कल्याणको कामनासहित फलाहार बसेर दैनिक भागवत, गीता, महाभारत लगायतका धार्मिक ग्रन्थको पाठपारायण गर्दै आएको म्याग्दीको मङ्गलाघाटमा भेटिएका रामानन्दले विश्वमै शान्ति कायम नहुन्जेलसम्म आफूले अन्न पनि सेवन नगर्ने र मौनव्रत पनि नछोड्ने उहाँले लेखेर जानकारी दिनुभयो ।

प्रतिक्रिया