सुतली बमसहित युवक पक्राउ

इनेप्लिज २०७२ असोज ६ गते ३:१३ मा प्रकाशित

pakraauविराटनगर, ६ असोज । सुतली बम र पेट्रोल बमसहित एक युवकलाई मङ्गलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरको महावीरचौकबाट विराटनगर–१५ बस्ने १८ वर्षीय अमर मरिक डुमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ती विस्फोटक पदार्थ बोकी हिँडिरहेको अवस्थामा प्रहरीलाई शङ्का लागेर जाँच गर्नेक्रममा ती सामान बरामद भएको हो ।

प्रतिक्रिया