रेडक्रस दाङको भवन निर्माणका लागि तीन लाख रुपैयाँ सहयोग

इनेप्लिज २०७२ असोज ६ गते ३:०९ मा प्रकाशित

तुलसीपुर (दाङ) ६ असोज । नेपाल रेडक्रस दाङको भवन निर्माणका लागि घोराही नगरपालिका–३ निवासी बिमला रेग्मी र तुलसीपुर–६ निवासी इन्दिरा शर्माले तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । उहाँहरुले स्वर्गीय आमाबुबा र बहिनीको स्मृतिमा उक्त रकम सहयोग गर्नुभएको हो ।

मङ्गलबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी उहाँहरुले प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलमार्फत नेपाल रेडक्रस दाङका सभापति नारायण आचार्यलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया