झुन्डिएको अवस्थामा महिलाको शव फेला

इनेप्लिज २०७२ असोज ६ गते १:५६ मा प्रकाशित

गोरखाबजार, ६ असोज । गोरखाको ताकुमाझलाकुरीबोट गाविस–७ अर्चलेमा झुन्डिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

घरको धुरीको बलोमा झुन्डिएको अवस्थामा ३५ वर्षीया सन्तकुमारी गुरुङको शव फेला परेको प्रहरीले जनाएको छ । मङ्गलबार दिउँसो नाइलनको डोरीको पासोमा शव झुन्डिएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक दीपक श्रेष्ठले सो घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया