घरेलु तथा साना उद्योगबाट चौतिस लाख राजस्व

इनेप्लिज २०७२ असोज ५ गते ८:५८ मा प्रकाशित

मेलम्ची, ५ असोज । सिन्धुपाल्चोक जिल्लामा आव २०७१/७२ मा घरेलु तथा साना उद्योगबाट कुल रु ३४ लाख १८ हजार १८५ राजस्व सङ्कलन भएको छ ।

वाणिज्यतर्फ रु २७ लाख ८२ हजार ५६० र उद्योगतर्फ रु छ लाख ३५ हजार ६०५ राजस्व सङ्कलन भएको छ । उद्योगतर्फ नयाँ २१२ वटा उद्योग दर्ता भई जिल्लामा कुल उद्योग सङ्ख्या दुई हजार ३९१ पुगेको छ ।

घरेलु तथा साना उद्योगमा उत्पादनमूलक ४०१, कृषि तथा वनजन्यका ५३०, सेवामूलक एक हजार १०१, निर्माण प्रकृतिका २९४, ऊर्जातर्फ १५, खनिजतर्फ ४५ र पर्यटनसम्बन्धी पाँच उद्योग रहेका छन् ।

त्यसैगरी वाणिज्यतर्फ प्राइभेट फार्म जिल्लाभर २०० वटा र साझेदारी फार्म नौवटा रहेका छन् । गएको वर्षमा वाणिज्य प्रकृतिका २१० फार्म रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कल्पना शर्माले जानकारी दिनुभयो ।

आव २०७१÷७२ मा पुरुष ३७७ र महिला २४८ लाई घरेलु तथा साना उद्योगले रोजगारी सिर्जना गरेको छ । शर्माका अनुसार गएको आवमा रु १२ लाख ५३ हजार ७७५ राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया