सतप्रतिशत गर्भवतीले स्वास्थ्य चौकीमा प्रसूति गराउँदै

इनेप्लिज २०७२ असोज २ गते ४:०४ मा प्रकाशित

कञ्चनपुर, २ असोज । कञ्चनपुरको साविक रामपुर विलासीपुर गाविसका सतप्रतिशत गर्भवतीले स्वास्थ्य चौकीमा प्रसूति गराउने गरेका छन् ।

गाउँमा रहेका आमा समूह र महिला स्वास्थ्य स्वयम्सेविकाले स्वास्थ्य चौकीमा प्रसूति गराए हुने फायदाका बारे गर्भवतीलाई सचेत पार्न थालेपछि घरमै प्रसूति हुनेको सङ्ख्या शून्यमा झरेको छ ।

घरमै सुत्केरी हुने महिलाको सङ्ख्या न्यून भएपछि पूरै गाविसलाई शून्य प्रसूति गाविस घोषणा गर्न लागिएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख हजारी चन्दले बताउनुभयो ।

साविक गाविसका चार वटा वडालाई यसअघिनै शून्य प्रसूति घोषणा गरी सकिएको छ । वार्षिक रुपमा स्वास्थ्य चौकीमा २०० भन्दा बढी महिलाले प्रसूति गराउने गरेका छन् ।

प्रतिक्रिया