पुनःनिर्मित विद्यालय भवन हस्तान्तरण

इनेप्लिज २०७२ असोज २ गते १:२१ मा प्रकाशित

कास्की, २ असोज । पोखरा–६ बैदामस्थित वातावरण तथा समाज सुधार समितिले गत वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त कास्कीको माछापुच्छ्रे गाविसमा रहेको शारदा माविको तीनकोठे भवन पुनःनिर्माण गरी विद्यालयलाई हिजो हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा विद्यालय व्यस्थापनका अध्यक्ष वेदप्रसाद सुनारले समितिको सहयोगका लागि आभार प्रकट गर्नुभयो ।

भवन पुनःनिर्माणमा समन्वयकारी भूमिका खेलेको भन्दै विद्यालय व्यस्थापनका सदस्य आशकुमार गुरुङलाई सो अवसरमा सम्मान गरिएको थियो ।

कार्यक्रममा समितिका उपाध्यक्ष दीपेन्द्र पहारीले विद्यालयलाई खेलकुद सामग्री पनि हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया