सर्पले डस्दा एक महिलाको मृत्यु

इनेप्लिज २०७२ भदौ १५ गते ४:२३ मा प्रकाशित

snakeरसुवा (धुन्चे), १५ भदौ । सर्पले डस्दा सरमथलीको पाटीखर्कमा एक महिलाको निधन भएको छ ।

स्थानीय दिलबहादुर लामाका अनुसार राति २ बजे रसुवा जिल्ला सरमथली गाविस–५ पाटीखर्कको आफ्नै घरभित्र सर्पले डसेपछि उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगेको र त्यहाँ त्यसको औषधि नहुँदा ४१ वर्षीया कान्छीमाया तामाङको मृत्यु भएको हो ।

राजधानीको नजिक रहे पनि भौगोलिक विकटता भएको रसुवा जिल्लाका सबै स्वास्थ्य केन्द्रमा त्यस्ता औषधिको व्यवस्था गरिदिन नागरिक समाजले आग्रह गरेको छ ।

वरिष्ठ जिल्ला स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले जिल्लास्तरमा बाहेक ग्रामीण स्वास्थ्य केन्द्रमा सर्पले टोकेको औषधि राख्ने प्रावधान नरहेको बताउनुभयो ।

प्रतिक्रिया