वार्ता गर्न आग्रह

इनेप्लिज २०७२ भदौ १४ गते १५:३९ मा प्रकाशित

काठमाडौँ, १४ भदौ । नेपाल प्राध्यापक सङ्घले स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राखी आमरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीका माग सम्बोधनका लागि वार्तामा बस्न सरकार र प्रा डा केसीलाई आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले आज विज्ञप्ति जारी गर्दै विगतमा भएको सहमति र माथेमा प्रतिवेदन सिफारिस कार्यान्वयनका सन्दर्भमा तत्काल वार्ता आग्रह गर्दै सहज वातावरण बनाई समस्या समाधान गर्न आफू तत्पर रहेको जनाएको छ ।

प्रतिक्रिया