प्रहरी चौकी र पार्टी कार्यालयमा आगजनी

इनेप्लिज २०७२ भदौ १४ गते १५:३४ मा प्रकाशित

aaglagi1पर्सा, १४ भदौ । आन्दोलनकारीले आज अपराह्न वीरगन्जको रानीघाट र गण्डकमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी तथा पर्साको रामगढवा गाविसको मनमोहन नगरमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले अपराह्न ४ बजेदेखि वीरगन्ज उपमहानगरपालिका निषेधाज्ञा घोषणा गरेपछि आक्रोशित भएका आन्दोलनकारीको समूहले प्रहरी चौकीमा कार्यरत रहेका सुरक्षाकर्मीमाथि आक्रमण गरी लखेटेपछि चौकीमा राखिएको फर्निचर, कागजपत्रलगायत सामानमा आगजनी गरेका हुन् ।

त्यस्तै एमाले पार्टी कार्यालय भवनको ढोकाको ताल्चा फुटाली कार्यालयमा राखिएका फर्निचर, कागजपत्र, पार्टीको झन्डालगायत सामान जलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया