भक्तपुर, १३ भदौ । उद्योगमन्त्री महेश बस्नेतले भदौ महिनाभित्रै नयाँ संविधान जारी हुने बताउनुभएको छ ।
युवा सङ्घ नेपाल भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले संविधान आउन नदिने षड्यन्त्र भए पनि त्यो सफल नहुने उल्लेख गर्नु भयो ।
टीकापुर घटना पनि संविधान आउनै नदिन षड्यन्त्रकारीले गराएको दाबी गर्दै उहाँले अब षड्यन्त्रकारीहरु पाखा लाग्दै जाने बताउनुभयो ।
कार्यक्रममा विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्ने ११० जनालाई उहाँले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा युवा सङ्घकी केन्द्रीय अध्यक्ष निरु पालले संविधान ल्याउन नदिने षड्यन्त्रकारीको भण्डाफोर गर्न देशभरका युवा एक हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया