नगरपालिकालाई हरित नगर बनाइने
इनेप्लिज
२०७२ भदौ ६ गते ५:२४ मा प्रकाशित
खजुरा (बाँके), ६ भदौ । कोहलपुर नगरपालिकालाई हरित नगर बनाउने योजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ ।
सरकारले नै कोहलपुरलाई हरित नगर बनाउने योजना अघि सारेपछि नगरपालिकाले कार्यान्वयन पक्षलाई बलियो बनाउने अभ्यास थालेको नगरपालिकाका कार्यकारी अधिकृत गोविन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो । कोहलपुरमा बसेको सरोकार भएकाहरुको बैठकले नगरपालिकालाई हरित नगर बनाउन कुनै कसुर बाँकी नराख्ने निष्कर्ष निकालेको छ । पाण्डेका अनुसार कोहलपुरमा ५० हजार बिरुवा रोपिने छ ।
त्यस्तै प्रत्येक घरमा पाँच फलफूलजन्य बिरुवा र जग्गा नभएकाहरुले गमलामा भए पनि फूल रोप्नुपर्ने नियम बनाइएको पाण्डेले बताउनुभयो ।
हरित नगरका लागि सरकारले आव ०७२/७३ मा रु एक करोड विनियोजन गरेको बताइएको छ । सो रकम नगरमा सौर्यबत्ती जडान, वृक्षरोपण र तारजालीमा खर्च गरिने छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया