साहित्य कला संगममा पाण्डे

इनेप्लिज २०७२ भदौ ६ गते १:५४ मा प्रकाशित

दमक, ६ भदौ । साहित्य कला सङ्गम दमकका अध्यक्षमा साहित्यकार नरपति पाण्डे चुनिनुभएको छ ।

शनिबार यहाँ सम्पन्न १७ औँ वार्षिक साधारणसभाले उपाध्यक्षमा खोमप्रसाद बगाले, महासचिवमा विन्दु दाहाल ‘मूकदर्शक’, सचिवमा विष्णु न्यौपाने, सहसचिवमा दीपक सुवेदी र कोषाध्यक्षमा विवश बलिभद्र कोइराला तथा सदस्यमा चन्द्रा गड्तौला, ओमप्रकाश गौतम, तिलचन्द्र अधिकारी, गिरिधारीलाल बजगाईं र युवराज दुलाल चयन गरेको छ ।
अक्षय कोष स्थापना
यहाँका दुई दाताले रु दुई लाख २२ हजारको अक्षय कोष स्थापना गरेका छन् । सामाजिक व्यक्तित्वद्वय हरिचन्द्र धमला विक र तेजबहादुर लाम्गादेले दलित समुदायका जेहेन्दार विद्यार्थी तथा विपन्न दलितको शिक्षा र स्वास्थ्यमा सहयोग गर्न शनिबार जनही रु एक लाख ११ हजार एक सय प्रदान गर्नुभएको हो ।
विश्वकर्मा सेवा समाजको संरक्षणमा रहने अक्षयकोषको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरी प्राप्त हुने ब्याज शिक्षा तथा स्वास्थ्यमा खर्च गरिने जनाइएको छ ।

प्रतिक्रिया