राष्ट्रिय एकता र सामाजिक सद्भाव आजको आवश्यकता: नेता केसी

इनेप्लिज २०७२ भदौ ५ गते ४:३९ मा प्रकाशित

Arjun-Narsingh-KCरत्ननगर (चितवन), ५ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउनुभएको छ ।

सौराहा क्रिकेट युवा क्लबको आयोजनामा आजदेखि सौराहामा सुरु हुने हात्तीकप क्रिकेट प्रतियोगिताको नेता केसीले उद्घाटन गर्दै विविधताको बीचमा एकता भएको नेपालमा पछिल्लो समयमा जातीय र क्षेत्रीय मुद्दा उठाएर विखण्डन ल्याउने षड्यन्त्र भइरहेकोतर्फ युवा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक स्वार्थले देशमा विचलन ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै नेता केसीले यसतर्फ सबै सचेत हुनु जरुरी छ भन्नुभयो ।

युवाहरु राष्ट्रको हितका लागि अगुवा भएको बताउँदै नेता केसीले जुनसुकै जात, धर्म, क्षेत्र, लिङ्ग भए पनि पहिले आफू नेपाली हो भन्ने भावना जागृत गराउनुपर्नेमा जोड दिनुभयो ।

खेल क्षेत्रले राष्ट्रिय एकतामा सहयोग पु¥याउने भएकाले खेलको विकास जरुरी रहेको र चौतर्फी उन्नतिका लागि खेलकुदको भूमिका महत्वपूर्ण हुने नेता केसीको भनाइ छ ।

बत्तीस समूहको सहभागिता रहेको प्रतियोगितामा विजेताले रु १० हजार पुरस्कार प्राप्त गर्ने संयोजक दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया