चार घर बाढीले बगायो, बाढीपीडितलाई विद्यालयमा आश्रय
रत्ननगर (चितवन), ५ भदौ । दक्षिण चितवनको माडीमा शुक्रबार आएको भिषण बाढीले चार घर बगाएको छ । अन्य ५० घर डुबानमा परेका छन् ।
पचास घरमध्ये १४ भने जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिनुभयो ।
बाढीले घर बगाएका चार घरका परिवारलाई स्थानीय विद्यालयमा राखिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले उनीहरुलाई खाने बस्नेको व्यवस्था गरेको लुइँटेलले जानकारी दिनुभयो ।
बाढीले भरतपुर माडी ठोरी सडकको विभिन्न क्षेत्र कटान गरेकाले शुक्रबार दिनभरि सवारी अवरुद्ध भएको थियो । साँझ भने बाटो मर्मत गरेर सञ्चालनमा ल्याइएको स्थानीयले बताएका छन् ।
हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको माडीमा यो वर्ष पनि बाढीले क्षति पु¥याएको हो । राति बाढी पसेको भए पनि भागेर परिवारले भने ज्यान जोगाएको स्थानीय श्रीप्रसाद दवाडीले बताउनुभयो । यहाँको रतनी, पौवारी, सिमरा र धोवाहा गाउँ बढी प्रभावित भएको छ ।
चौध घर कटान र डुबानको उच्च जोखिममा रहेकाले केहीले घरसमेत सारेका छन् । यहाँको रिउ नदी सबैभन्दा प्रभावित पार्ने नदी हो । यस्तै पहाडी खहरे खोलाले पनि बस्ती जोखिममा पार्ने गर्छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया