विराटनगर, ३ भदौ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले विगतमा मधेसी मोर्चासँग गरेका सम्झौंता कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारसँगको कुराकानीमा उहाँले सरकारले वार्ताका लागि आह्वान गरेमा तराईमा मात्र वार्ता हुने स्पष्ट गर्दै सरकारले औपचारिक रुपमा वार्ताका लागि कुनै पत्र नपठाएको जानकारी दिनुभयो ।
प्रतिक्रिया