शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:०४
वासिङटन डिसी 15:19

फेरि हल्लायो भूकम्पले

इनेप्लिज २०७२ साउन ३१ गते ११:२६ मा प्रकाशित

vukampaकाठमाडौँ, ३१ साउन । केहीबेरअघि काठमाडौँ, कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३.८ रिक्टर स्केलको परकम्प गएको छ ।

दिउसो ३ बजेर ४० मिनेट जाँदा गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको केन्द्रबिन्दु काठमाडौँ नै भएकाले उपत्यकामा धक्का महसुस गरिएको थियो । परकम्पपछि काठमाडाँैँवासी बाहिर खुल्ला ठाउँमा निस्केका थिए ।

विनाशकारी भूकम्प गएको तीन महिनाभन्दा बढी भइसक्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । विनाशकारी ‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका ३७७ परकम्प गइसकेका छन् ।

प्रतिक्रिया