कागज उद्योग खुलेपछि गाउँमै रोजगारी
खोटाङ, ३१ साउन । यस जिल्लाको उत्तरी गाविस फेदीमा कागज उद्योग खुलेपछि स्थानीय सात युवकले गाउँमै रोजगारी पाएका छन् ।
फेदीका स्थानीयवासीले व्यावसायिक रूपमा उद्योग दर्ता गरेर नेपाली हातेकागज उद्योग सञ्चालन गरेपछि उनीहरुले गाउँमै रोजगारी पाएका हुन् । उद्योगमा अहिले दैनिक तीन÷चार कोरी (प्रतिकोरी दुई सय ताउ) कागज उत्पादन हुने गरेको कागज उद्यमी धनकुमार राईले बताउनुभयो ।
“उद्योगमा काम गर्ने कर्मचारीलाई प्रतिकोरी ६०० रूपैयाँका दरले ज्याला दिने गरिएको छ,” उहाँले भन्नुभयो – “यसले गर्दा रोजगारीको सिलसिलामा विदेश जाने तयारीमा लागेका युवासमेत यही उद्योगमा काम गर्न थालेका छन् ।”
जिल्लामा उत्पादित कागजले बजार पाउन थालेपछि आगामी दिन वार्षिक दुई हजार कोरी कागज उत्पादन गर्ने लक्ष्य राखिएको राईको भनाइ छ । प्रतिकोरी रु दुई हजार ५०० देखि रु तीन हजारमा बिक्री हुने नेपाली हातेकागज खोटाङबाहेक छिमेकी जिल्ला उदयपुर, भोजपुर, सोलुखुम्बू, ओखलढुङ्गालगायत काठमाडौँ हुँदै विदेशमा समेत निकासी हुने गरेको छ ।
उद्योगमा फेदीका वैशाखे, थामखर्क, चिलिम लाहरे, बगाले, छेउलाहाने, फुङ्गालुङ, मैयु लगायतका आठवटा सामुदायिक वन उपभोक्ता समूहले सेयर लगानी गरेका छन् । उद्योगमा आठ वन समूहले ७१ हजार रूपैयाँका दरले सेयर लगानी गरेका छन् ।
जिविसको १८औँ जिल्ला परिषद्ले स्थानीय उद्योगलाई प्राथमिकतामा राखेर प्रवद्र्धन गर्ने योजना पारित गरेपछि उद्यमीलाई हौसला मिलेको छ । सरकारले विदेशबाट आयातीत सामग्रीभन्दा स्थानीयस्तरमा उत्पादन हुने सामग्रीलाई पहिलो प्राथमिकता दिने भएकाले उद्योगलाई व्यावसायिक रुपमा विकास गर्न आवश्यक रहेको स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाले बताउनुभयो ।
“उद्योगले जिल्लाको आर्थिक विकासमा ठूलो टेवा पु¥याएको छ,” उहाँले भन्नुभयो – “यसलाई प्रभावकारी बनाउन आगामी दिनमा उद्यमीलाई सहयोग गरिने छ ।”
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया