कैदीबन्दीको कष्टकर अवस्था
बर्दिवास, ३१ साउन । महोत्तरी कारागारका कैदीबन्दी कतिबेला आपूmहरु किचिने डरले आतङ्कित देखिएका छन् । जिल्ला सदरमुकाम जलेश्वर–४ स्थित १५९ वर्ष पुरानो भवन जताततै उप्किएर झर्न लागेकोछ ।
जताततै भवन उप्किएर लगातार झरिरहेका इँटाका टुक्राले कैयौं पटक घाइते बनिसकेका आफूहरुलाई पछिल्लो समयमा झन गहिरिँदै गएको कारागार परिसरमा जलेश्वर नगरको दुर्गन्धित फोहर पसेर आफ्नै परिसरमा जमेपछि झन अप्ठ्यारो बढेको कैदी जगदिश दासले बताउनुभयो ।
पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष रहेको कारागारमा दुवैतर्फ अहिले दुर्गन्धित फोहर जमेको छ । कैदी थुनुवा कक्षमा जमेको फोहर व्यवस्थापनमा कारागार प्रशासन, स्थानीय प्रशासन र नगरपालिकासहितका स्थानीय निकायले ध्यान नदिएको आम कैदी थुनुवाले गुनासो गरेका छन् ।
जताततै कारागार भवन उप्किएर इँटाका टुक्रा झर्दा यही थिचिएर मर्ने त्रासले विक्षिप्त जस्तै बनाउने गरेको कैदी थुनुवाको भनाइ छ । त्यसमा पछिल्लो वर्षासँगै कारागार कक्षमा वर्षाको पानी जमेर खाना पकाउन र सामान्य हिँडडुल गर्नसमेत अप्ठ्यारो परेको महिलाकक्षकी कैदी सरोजनी सिंहले बताउनुभयो । थिचिएर मरिने त्राससँगै कारागार परिसरमा फोहर पानी र दुर्गन्धित हिलो जम्नाले आफ्ना धेरै साथीमा छाला चिलाउने र झाडापखालाको समस्या बढेको पुरुष कक्षका एक पाका कैदीले बताउनुभयो ।
क्षमताभन्दा झन्डै तेब्बर बढी कैदी थुनुवा हुँदा बसाइँ व्यवस्थापनमा साह्रै गाह्रो परेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले बताउनुभयो । अहिले कारागारमा ५० भन्दा बढी कैदी थुनुवा बिरामी रहेका ठाकुरको भनाइ छ ।
जम्मा १३५ कैदी थुनुवा राख्न सकिने कारागारमा अहिले तीन आश्रित बालबालिकासहित ४१ जना महिला र ३४२ जना पुरुषसमेत ३८३ जना हुँदा कैदी थुनुवाको बसाइँ अत्यन्त कष्टकर बनेको कारागार प्रशासनको ठम्याइ छ । लगातार भत्कने क्रम जारी रहेको कारागारमा भवन मर्मतसम्भारको समुचित प्रबन्ध हुन नसक्दा समस्या बढेको होे ।
कारागारमा कैदी थुनुवा रहने क्षमताका आधारमा उपचार खर्च आउने हुँदा १३५ का लागि प्राप्त हुने रकमले पछिल्ला चार वर्षयता सरदर ४०० को सङ्ख्यामा रहँदै आएका कैदी थुनुवाको उपचारमा रकम अभाव हुने गरेको ठाकुरको गुनासो छ ।
यसैबीच कारागारका कैदी थुनुवाले आपूmहरुको बसाइँ व्यवस्थापनबारे ध्यान दिन कारागार प्रशासन र स्थानीय प्रशासनसँग माग गरेका छन् ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया