ताप्लेजुङमा नयाँ भूकम्प

इनेप्लिज २०७२ साउन ३० गते १०:३९ मा प्रकाशित

vukampaकाठमाडौं, ३० साउन । आज बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङको तेल्लो आसपास केन्द्र भएर ४.५ रिक्टर स्केलको नयाँ भूकम्प गएको छ ।

यो ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले जानकारी दिनुभयो । यसअघि बिहान १० बजेर १० मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।

प्रतिक्रिया