विषादी सेवन गरेर युवकले आत्महत्या गरे

इनेप्लिज २०७२ साउन ३० गते ४:३५ मा प्रकाशित

poisne-harekpalइलाम, ३० साउन । विषादी सेवन गरेर इलाम देउमाई नगरपालिकाका एक युवकले आज आत्महत्या गरेका छन् । देउमाई नगरपालिका–१ मङ्गलबारे निवासी २८ वर्षीय पुष्पलाल खनालले विषादी सेवन गरेर आत्महत्या गरेका हुन् ।

इलाम सदरमुकामतर्फ बस्दै आएका खनाल घर फर्कने क्रममा बरबोटे–१ तोरीबारीका नन्दलाल पोखरेलको कटेरोमा जिभेन नामक कीटनाशक विषादी सेवन गरेका थिए । विषादी सेवनपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक मनिष थापाले जानकारी दिनुभयो । उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया