पत्रकारिता विषय व्यावहारिक नहुँदा विद्यार्थीलाई समस्या
इनेप्लिज
२०७२ साउन ३० गते ४:२८ मा प्रकाशित
कञ्चनपुर, ३० साउन । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको पत्रकारिता विषयको पढाइ व्यावहारिक नहुँदा विद्यार्थीलाई समस्या परेको छ ।
पत्रकारिता विषयको पढाइ प्रयोगात्मक र सिकाइ विधिमा आधारित नहुँदा विद्यार्थीलाई समस्या परेको हो ।
“पाठ्यक्रम निर्धारण नहँुदा पूर्णतया विषयमा आधारित भएर पठनपाठनको कार्य नहँुदा समस्या परेको छ” विद्यार्थी मदन जोशीले भन्नुभयो ।
पाठ्यक्रम निर्धारण गरी पठनपाठनको व्यवस्था गर्नका लागि विश्वविद्यालयलाई अवगत गराई सक्दासमेत समस्या समाधान हुन नसकेको उहाँको भनाइ छ । विद्यार्थीले पाठ्यक्रम निर्धारण गरिनुपर्ने, प्रयोगात्मक सिकाइ विधि र कक्षा कोठाको माग गर्दै आएका छन् ।
विश्वविद्यालयले गत शैक्षिक सत्रदेखि सञ्चालन गरेको पत्रकारिता विषयमा चार दर्जनभन्दा बढी अध्ययनरत रहेका छन् ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया