भूकम्पपीडितका लागि विशेष आयआर्जन कार्यक्रम
फलेवास (पर्वत), ३० साउन । भूकम्पपीडितका लागि विशेष आयआर्जन कार्यक्रम यहाँ सुरु भएको छ ।
भूकम्पपीडित परिवारको आयआर्जन बढाउनका लागि मध्य दक्षिण पर्वतका आठ गाउँ विकास समितिमा विशेष कार्यक्रम सुरु भएको हो ।
पर्वतका कुर्घा, ठानामौला, भङ्गारा, बालकोट, भोक्सिङ, लुङ्खु, पाखापानी र होस्राङ्गदी गाविसमा कृषकको आयआर्जनका लागि विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
परियोजनाअन्तर्गत आठ गाविसका दुई हजार ६१५ परिवारलाई प्रतिपरिवार रु १५ हजार दिइने र त्यसबाट बाख्रापालन, तरकारीखेती गरी आयआर्जन बढाउने उद्देश्य राखिएको छ । त्यसका लागि रु तीन करोड ९५ लाख ४६ हजार खर्च गरिने जानकारी हेफर इन्टरनेसनलका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मीले दिनुभयो ।
भूकम्पबाट पूर्ण र आंशिक क्षति भएका सबै कृषकलाई कार्यक्रमले समेट्ने लक्ष्य राखेको छ । “भूकम्पका कारण पीडित बनेका कृषकको मनोबल बढाउँदै आयआर्जनलाई सक्रिय बनाउन विशेष कार्यक्रम सुरु गरेका हौँ” उहाँले भन्नुभयो– “हेफर नेपालको कार्यक्रम सञ्चालित कार्य क्षेत्रका कृषकलाई मात्रै यसमा समावेश गरिएको छ ।”
कृषकलाई अनुदान र ऋणको रुपमा नभई समूहले नै परिचालन गर्ने गरी निरन्तर आयआर्जनका काममा खर्च बिना ब्याज रकम सहयोग गरिएको उहाँको भनाइ छ । कृषक समूहले उक्त रकम आयआर्जन गरी नाफा कमाएर सहकारी संस्थामा बचत गर्ने र त्यसलाई आयआर्जनकै काममा खर्च गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
हेफर इन्टरनेसनलको सहयोगमा स्थानीय गैरसरकारी संस्था इन्प्रेड नेपाल, सिड नेपाल र सोडेक नेपालमार्फत यी गाविसमा लामो समयदेखि उद्यम सवलीकरण परियोजनामार्फत बाख्रापालन, तरकारीखेतीमार्फत कृषकलाई आयआर्जन गर्दै आएका छन् ।
वैशाखमा गएको भूकम्पपछि ती गाउँका बाख्रापालक तथा तरकारी उत्पादक कृषक घरबारविहीन भएपछि आयआर्जन कार्यक्रमसमेत प्रभावित हुन नदिन विशेष कार्यक्रम सुरु गरिएको निर्देशक डा रेग्मीले बताउनुभयो ।
कार्यक्रमअन्तर्गत इन्प्रेड नेपालले कुर्घा, लुङ्खु र पाखापानीमा एक हजार ५२९ घर परिवारमा आयआर्जनका लागि रु दुई करोड ३२ लाख २६ हजार, सोर्डेक नेपालले ७६५ परिवारलाई रु एक करोड १५ लाख ८३ हजार र सिड नेपालले ३११ परिवारलाई रु ४७ लाख ३७ हजार खर्च गर्नेछन् ।
यसैगरी हेफर इन्टरनेसनलको सहयोगमा पर्वतका आठ गाविसमा सञ्चालित उद्यम सवलीकरण परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकले परियोजनामा अहिलेसम्म सञ्चालित कार्यक्रमको समीक्षा गर्दै आगामी कार्यक्रमका बारेमा समेत सुझाव पेस गरेको थियो ।
जिल्ला विकास समितिका कार्यक्रम अधिकृत तुलसीराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा इन्प्रेड नेपालका परियोजना संयोजक राजेन्द्र पौडेल, सिड नेपालका कृष्णप्रसाद शर्मा र सोर्डेक नेपालका दिनेशराज सापकोटाले सञ्चालित कार्यक्रम र उपलब्धिका बारेमा जानकारी दिनुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया