म्याग्दीका ग्रामीण सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प

इनेप्लिज २०७२ साउन ३० गते ३:०० मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ३० साउन । म्याग्दीका अधिकांश ग्रामीण सडक बिहीबार र शुक्रबारको भिषण वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रको सदरमुकामसँग यातायात सम्र्पक विच्छेद भएको छ । पहिरो र खोल्सामा आएको बाढीका कारण म्याग्दीको पश्चिमी क्षेत्र जोड्ने बेनी–दरवाङ र उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन ।

बेनी–पाखापानी, पोखरेबगर–शिख, गलेश्वर–बेग, फलामेडाँडा–राम्चे, महभिर– हिस्तान, दरवाङ–ताकम, दरवाङ– देवीस्थान, दरवाङ–बिम, बेनी–बरङ्जा, दरवाङ–ओखरबोटलगायत ग्रामीण सडक पहिरोले भत्काउने र पुर्ने गरेपछि पूर्णरुपमा अवरुद्ध बनेका हुन् ।

बेनी–दरवाङ र बेनी–मुस्ताङ सडकमा खसेको पहिरो पन्छाउने र भत्किएको सडक मर्मत गरेर खण्डखण्डमा सवारीसाधन सञ्चालन गरे पनि अन्य सडक जीर्ण बनेकाले यातायात सेवा ठप्प भएको म्याग्दी जिप तथा बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कमल केसीले बताउनुभयो ।

यातायात व्यवसायी, मजदुर, यात्रु र स्थानीयवासीले पहिरो पन्छाउने र भत्किएको ठाउँमा सामान्य मर्मत गरेर अस्थायीरुपमा सडक सञ्चालन गरेका छन् । भत्किएको र पहिरो खसेको ठाउँमा साँघुरिएको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । बर्खा लागेदेखिनै अवरुद्ध भएका अन्य सडक वर्षा नरोकिएसम्म सञ्चालन हुनसक्ने अवस्था छैन ।

सडक अवरुद्ध बन्दा ग्रामीण क्षेत्रमा उत्पादित आलुलगायत कृषिउपज बजारसम्म पु¥याउन, गाउँमा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान, सरकारी कामकाजका लागि सदरमुकाम बेनी आउन जान सर्वसाधारणलाई सास्ती भएको छ ।

प्रतिक्रिया