संचार क्लव उर्लाबारीमा बिबाद

इनेप्लिज २०७२ साउन २९ गते १५:०३ मा प्रकाशित

बिराटनगर २८ गते ।

संचार क्लव नेपाल उर्लाबारीको नयाँ कार्यसमिती चयनमा पूर्व अध्यक्षहरुले राजनितीगरेको भन्दै विभिन्न पदका आकांशीहरुले उम्मेदवारी फिर्ता लिएका छन् । पूर्वीमोरङको साझा संगठनको नारा भजाएर उर्लाबारी केन्द्रीत पत्रकारहरुलाई क्लवमा भर्तीगर्न लविङ गरेको भन्दै उनीहरुले फिर्ता लिएका हुन् । क्लवको केन्द्रीय कार्यालयउर्लाबारीमा छ ।

पूर्व अध्यक्ष केदार चौहान,मदनवाबु प्रसाई,जगन्नाथ भट्टराईलेआफ्नो किचन क्याविनेटका उम्मेदवारको पक्षमा लविङ गरेपछि उम्मेदवारी फिर्तादिएको क्लवका एक सदस्यले बताए । उनीहरुले क्वलको साधरण सभा,लेखापरिक्षण,संस्थानविकरण समेत गर्न नसकेर क्लव नै बिघटन गराउन लागेका पूर्व अध्यक्ष घनश्यामभण्डारीलाई अध्यक्षमा उम्मेदार बनाएर उठाएपछि क्लवका आउन चाहाने उदयिमानपत्रकारहरुमा बितृष्णा जागेको थियो । घनश्याम भण्डारीको पक्षमा प्रेस चौतारी रपूर्व अध्यक्षहरु लागेपछि क्लवमा राजनिती भयो भन्दै अध्यक्ष पदका उम्मेदवार हरिकोईराला र सरोज बस्नेतले उम्मेदवारी फिर्ता लिएका छन् ।

घनश्याम भण्डारी रअर्जुन राजवंशी शनिवार चुनाबी मैदानमा उत्रिने भएका छन् । घनश्याम प्रेस चौतारीकाउम्मेदवार हुन् भने अर्जुनलाई प्रेस युनियनको एउटा सानो सेण्डिकेटको समर्थनरहेको छ । यसअघि संचार क्लवमा महासचिव भएका राजवंशीले क्लवमा भएको कार्यक्रमममाअसहयोग पु¥र्याउदै आएका थिए । महासचिवमा छानिएकै दिन पदमा नबस्ने भन्दै धम्काएकाराजवंशीले बेलाबेला राजिनामा दिने बताउदै आएको बताइएको छ ।

क्लवमा काम गर्ने कालु मकै खाने भालु प्रवृत्तिको श्रृजना भएको भन्दै उर्लाबारीकायुवा तथा सक्रिय पत्रकारहरु तेजन खड्काले उपाध्यक्षमा,बिजय धिमालले महासचिव र गोपालकाफ्लेले सचिव पदमा उम्मेदावारी फिर्ता लिईसकेका छन् । बिजय चौतारीमा आवद्धपत्रकार हुन् । खड्का र काफ्ले प्रेस युनियन मोरङका सदस्य हुन् । धिमालराम्रालाई भन्दा हाम्राका पक्षमा प्रेस चौतारी नै लागेको भन्दै संगठनकै बिरोधमाउत्रिएका छन् । सञ्चार क्लवमा छानिएका पदाधिकारीहरु सबै चौतारीका छन् । स्वच्छ क्लवमा किन भालेजुधाई गर्नु उम्मेदवारी फिर्ता मात्र नभएर राजिनामा समेत दिने बुझिएको छ ।

प्रतिक्रिया