भूकम्पपीडित अपाङ्गलाई त्रिपाल वितरण

इनेप्लिज २०७२ साउन २९ गते २:३४ मा प्रकाशित

palफलेवास (पर्वत), २९ साउन । नेपाल अपाङ्गता उत्थान समाज पर्वतले गत वैशाख १२ र २९ गतेको भूकम्पबाट पीडित बनेका अपाङ्गता भएका परिवारलाई त्रिपाल वितरण गरेको छ ।

भूकम्पबाट भत्किएको घर बर्सातको पानीले जोखिममा पर्दै गएपछि आइएनएफ पोखराको सहयोगमा अपाङ्गता उत्थान समाजले जिल्लाका विभिन्न ३१ अपाङ्गता भएका व्यक्तिलाई राहतस्वरुप त्रिपाल वितरण गरेको हो ।

नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले त्रिपाल वितरण गर्दै राज्यले भूकम्पबाट पीडित बनेकालाई राहतको व्यवस्था गरे तापनि अझै कतिपय ठाउँमा राहत पुग्न नसकेको बताउनुभयो ।
अपाङ्ग उत्थान समाजका अध्यक्ष गणेश सुवेदीले पीडितलाई जस्तापाताको व्यवस्था गराउने योजना भए पनि तत्कालका लागि घर ओत्नलाई त्रिपाल वितरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया