पहिरोमा परी डोटीमा दुईजना गम्भीर
इनेप्लिज
२०७२ साउन २८ गते ४:३० मा प्रकाशित
भीमदत्तनगर, २८ साउन । तीन दिनअघि आएको वर्षापछि डोटीको तोलेनी गाविसमा खसेको पहिरोमा परी दुईजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा डोटी तोलेनी–४ का मन्दिरे बोहरा र भगुकुमारी बोहरा रहेका छन् । दुबैको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरोले डोटी तोलेनी–३ सालीगाडमा रहेको हाइड्रोपावर पूर्ण रुपमा क्षति भएको छ भने जेनेरेटर, टरवाइन, एलसीबोर्डसमेत बगाएको प्रहरीले जनाएको छ । सोही पहिरोमा पनि केही चौपायासमेत मरेका छन् ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया