बिहीबार, असार १० २०७८
काठमाडौं ०३:२८
वासिङटन डिसी 17:43

पहिरोबाट मृत्यु हुने ३७

इनेप्लिज २०७२ साउन १९ गते १४:२६ मा प्रकाशित

पोखरा, १९ साउन । गत बुधबार रातिको भीषण वर्षासँगै आएको पहिरोले कास्कीका विभिन्न ठाउँमा आज साँझसम्म मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लुम्लेमा २७, भदौरे तमागीमा आठ र ढिकुरपोखरीको ठूलीचौरमा दुई जनाको मृत्यु भएको छ ।

बाढीपहिराबाट बेपत्ता भएका भदौरे तमागी गाविसका पाँच वर्षीय विश्वराज पराजुली र १० महिनाका किस्मत सुनारको शव फेवातालको पारि टारीखेत भन्ने स्थानमा पानीमा तैरिरहेको अवस्थामा आज प्रहरीले फेला पारेसँगै पहिराबाट मृत्यु हुनेको सङ्ख्या बढेकोे हो ।

उक्त घटनामा घाइते भएका १६ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पहिरामा पुरिएका दुई जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया