आयोजनाको काम द्रुतगतिमा सञ्चालन, डुबान हुन नदिने प्रतिबद्धता
नेपालगन्ज, १९ साउन । नेपालगन्जमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाको निर्माण सकारेको अन्तर्राष्ट्रियस्तरको निर्माण कम्पनी कालिकाले आफ्नो कामलाई अहिले पुनः गति दिएको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित सो आयोजनाअन्तर्गत सतही नालाको चार वटा निकासमध्ये तीन वटाको काम करिबकरिब सकिएको छ ।
अमिलिया, दोदरा, डुडुवा र रतैया चार निकासमध्ये रतैयाबाहेक अरुको काम करिब सकिएको कालिकाका साइट इन्जिनियर गोविन्द भुसालले बताउनुभयो ।
फुलटेक्रादेखि बाँकेगाँउ हुँदै रतैयासम्म पुग्ने नालाको काम पनि ९० प्रतिशत सकिएको, बाँकेगाउँ क्षेत्रमा अहिले नाला बनाउने काम नसकिएकाले सो नालाले भने पूर्णता पाउन नसकेको हो ।
बाँकेगाउँका जनताबीच ढिलो गरी भएको सडक कति मिटर बनाउने भन्ने विषयमा समयमा सहमति हुन ढिलाइ भएका कारण वर्षाको मुखमा आएर बाँकेगाउँमा काम गर्नुपरेको इन्जिनियर भुसाल बताउनुहुन्छ ।
एसियाली विकास बैंकको रु ७७ करोडको बजेट रहेको आयोजनाअन्तर्गत करिब आठ मिलोमिटर सडक निर्माण गर्ने काममध्ये हालसम्म करिब तीन किलोमिटर मात्र निर्माण हुन सकेको छ ।
यसअघि असारमा परेको पानी नालाको मुख अवरुद्ध हुँदा बग्न नपाएपछि बुलबुलिया शान्तिनगर क्षेत्र दुई पटक डुबानमा परेको थियो ।
नालाको काम अवरुद्ध हुँदा यो क्षेत्रका नागरिक ठूलो वर्षेझरीमा डुबानमा पर्ने सम्भावनालाई दृष्टिगत गरी बाँकेगाउँमा निर्माण भइरहेको काम दु्रतगतिमा थाल्ने निर्देशक क्षेत्रीले बताउनुभयो ।
आयोजनाको निर्माण काममा सघाउ पु¥याउने सरकारी निकाय विद्युत्, खानेपानी र नेपाल टेलिकमले आफूले गर्ने काम दुई महिना ढिलो गरी सञ्चालन गरेपछि बाँकेगाउँमा नालाको काम ढिलो गरी सुरु भएको इन्जिनियर भुसालको आरोप छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया