सम्पादक पाण्डेलाई पितृशोक

इनेप्लिज २०७२ साउन १८ गते १९:०३ मा प्रकाशित

शोक समवेदना सन्देश

धार्मिक–आध्यात्मिक क्षेत्रको लोकप्रिय मासिक पत्रिका ॐकार वाणीका सम्पादक÷प्रकाशक श्री अरुण पाण्डेलाई पितृशोक परेको छ । उहा“का बुबा श्री कृष्णप्रसाद पाण्डेको ८५ औं वर्षको उमेरमा पाण्डे निवास मध्यपुर ठिमी नगरपालिका १७ सानोठिमीमा साउन १७ गते निधन भएको हो । स्व. पाण्डेको निधनमा शब्द चिन्तन संरक्षण मण्डलले एक शोक समवेदना सन्देश विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गरेको छ । मण्डलका तर्फबाट संरक्षक सदस्य दीपक सुवेदीले जारी गर्नुभएको शोक समवेदना सन्देशमा पाण्डे बुबा स्व. कृष्णप्रसादप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना र पितृवात्सल्यबाट विमुख भई मर्माहत हुनपुगेको पाण्डे परिवारप्रति धैर्यधारण गर्ने क्षमता प्राप्तिको लागि भगवानस“ग प्रार्थना गर्दै शोक संतप्त परिवार, इष्टमित्र, नातागोता तथा कुटुम्बप्रति शब्द चिन्तन परिवारले हार्दिक समवेदना प्रकट गरेको छ ।
स्व. पाण्डे केही समयदेखि मिर्गौलाको रोगले थलिनु भएको थियो । स्व. पाण्डे बुबाका एक श्रीमती, पा“चभाई छोरा र चार बहिनी छोरी हुनुहुन्छ । पा“चभाई छोरा मध्ये अरुण काइला सुपुत्र हुनुहुन्छ । स्व.पाण्डे बुबा प्रति हाम्रो पनि श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ।

प्रतिक्रिया