बझाङमा कैदीबन्दीद्वारा कारागार मूलढोकामा ताला

इनेप्लिज २०७२ साउन १७ गते ११:०० मा प्रकाशित

downloadभीमदत्तनगर, १७ साउन । बझाङ कारागारका कैदीबन्दीले कारागार ढोकामा आइतबार दिउँसो तालाबन्दी गरेका छन् ।

नयाँ संविधान घोषणाको अवसरमा कैदीबन्दीलाई आममाफी दिनुपर्ने माग गर्दै यहाँ रहेको ५० कैदीबन्दीले कारागारमा तालाबन्दी गरेका हुन् ।

त्यसैगरी, उनीहरुले जिल्ला प्रशासन कार्यालय बझाङमार्फत प्रधानमन्त्री कार्यालयलाई एक ज्ञापनपत्रसमेत बुझाएका छन् । विभिन्न देशमा संविधान घोषणा गर्दा कैदीबन्दीलाई आममाफी दिएको भन्दै आफूहरुले दबाब दिन तालाबन्दी र ज्ञापनपत्र बुझाएको कैदीबन्दी कमल जाग्रीले बताउनुभयो ।

“केही दिनअघि पनि देशका २१ कैदीबन्दीलाई राष्ट्रपतिले माफी दिनुभएको छ, राजनीतिक आवरणमा सशस्त्र हिंसामा रहेकालाई पनि जेलमुक्त गरियो,” जाग्रीले भन्नुभयो, “हामीहरुलाई पनि अब आममाफी दिइनुपर्छ ।”

यहाँका कैदीबन्दीले आममाफीका लागि चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् ।

प्रतिक्रिया