डाँका र चोरी मुद्दाका फरार दुई अभियुक्त पक्राउ

इनेप्लिज २०७२ साउन १७ गते १०:४७ मा प्रकाशित

सुरुङ्गा (झापा), १७ साउन । डाँका र चोरी मुद्दाका फरार दुई अभियुक्तलाई प्रहरीले आज झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खुदुनाबारी–५ निवासी ३६ वर्षीय बलबहादुर खड्का र सिद्धिथुम्का– ७ स्थायी घर भई अर्जुनधारा– ९ मा डेरा गरी बस्ने ३८ वर्षीय शेरबहादुर तामाङ रहेका छन् । जिल्ला अदालत इलामले खड्कालाई डाँका मुद्दामा छ वर्ष कैद र तामाङलाई चोरी मुद्दामा सात वर्ष कैद तोकेलगत्तै उनीहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी ईश्वर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला प्रहरी कार्यालय इलामको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई २०६३ सालमा अदालतले कैद फैसला सुनाएको थियो ।

प्रतिक्रिया