प्रतिकूल मौसमले सामान ढुवानीमा कठिनाइ

इनेप्लिज २०७२ साउन १७ गते ४:३७ मा प्रकाशित

धुन्चे (रसुवा) १७ साउन । गत तीन दिनयताको प्रतिकूल मौसमका कारण लाङटाङ क्षेत्रमा खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।

लाङटाङका पुनर्वास अभियानकर्मी सुप्पा तामाङका अनुसार भूकम्पपछि विस्थापित भई काठमाडौँको पहँेलो गुम्बामा शरण लिई बसेका लाङटाङवासीलाई आफ्नो थातथलोमा फर्काउन आवश्यक पर्ने सामग्री र ढुवानीका लागि दाता संस्थाबाट फिस्टेल एयरको हेलिकप्टर व्यवस्था मिलाइए पनि मौसमको प्रतिकूलताले उडान भर्न समस्या उत्पन्न भएको हो ।

जिल्ला दैवीप्रकोप उद्धार समिति रसुवाले ५० त्रिपाल र आवश्यक खाद्य सामग्री प्रदान गरिसकेको छ । धुन्चेबाट सामान ढुवानीपछि ११६ घरपरिवारका ४९६ जना लाङटाङको क्यान्जेन पु¥याउन लागिएको तामाङले जानकारी दिनुभयो ।

लाङटाङभित्रको लाङटाङ मात्र वैशाख १२ को भूकम्पसँगै आएको हिउँपहिराले पुरेपछि थप जोखिम न्यूनीकरण गर्न उद्धार समितिको निर्णयबमोजिम मानवविहीन गराइएको लाङटाङ क्षेत्रमा परिस्थितिमा आएको सुधारले गर्दा भूगर्भविद्को सिफारिसमा मानिसहरुलाई लाङटाङ फर्काउन लागिएको छ ।

प्रतिक्रिया