द्वन्द्वपीडित बालबालिकालाई शैक्षिक सामग्री

इनेप्लिज २०७२ साउन १७ गते ३:०४ मा प्रकाशित

तुलसीपुर (दाङ), १७ साउन । रोटरी क्लब दाङले द्वन्द्वपीडित बालबालिका तथा सहिदका छोराछोरीलाई शनिबार शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

क्लबले सहिद स्मृति आवासीय विद्यालय मानपुर–६ वनकट्टीमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीले सहिदका छोराछोरीलाई सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति गर्नुपर्ने र विशेष सम्मान गर्नुपर्ने तथा। शिक्षण सिकाइका क्रममा तिनको मनौवैज्ञानिक पक्षलाई विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

यसैगरी रोट्र्याक्ट क्लब तुलसीपुरको आयोजनामा शनिबार तुलसीपुरमा मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब र रोटरी क्लब अफ तुलसीपुर सिटीका पदाधिकारीको सहभागिता रहेको प्रतियोगितामा रोटरी क्लबले प्रथम स्थान हासिल गर्‍यो ।

प्रतिक्रिया