रिद्धी खोलामा ट्रक दुर्घटनामा एक जनाको मृत्यु

इनेप्लिज २०७२ साउन १५ गते १२:१९ मा प्रकाशित

accident-signचितवन, १५ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दाहाखानी गाविस–५ अन्तर्गत रिद्धी खोलामा गएराति ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ख ८९५७ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई रिद्धी खोलाको पुलबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रकमा रहेका तीन जनामध्ये एक जनाको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको र घाइते दुई जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया