पाँचथरमा साढे १५ हजार सुधारिएको चुलो निर्माण
पाँचथर, १४ साउन । पाँचथर जिल्लामा साढे १५ हजारको सङ्ख्यामा सुधारिएको चुलो निर्माण भएको छ ।
घरभित्रको धुवाँरहित जिल्ला बनाउन चुलो निर्माण अभियान थालिएको हो । सन् २०१७ सम्ममा सबै घरधुरीमा सुधारिएको चुलो निर्माण गरेर जिल्लालाई घरभित्रको धुवाँरहित बनाइने भएको छ ।
हालसम्म जिल्लाको वलने, फाफ्तेप, इम्बुङ, नाँगी, रवी, लुम्फाबुङ, सिदिन र नवमीडाँडा गाविस घरभित्रको धुवाँरहित गाविस घोषित भएका छन् ।
अब मङ्सिरसम्ममा रानिटार, ओयाम, चिलिङदेन, भारपा र पौवासारतापलाई घरभित्रको धुवाँरहित बनाउने योजना रहेको सुधारिएको चुलो प्रवद्र्धन कार्यक्रमका जिल्ला संयोजक इन्द्र गुरुङले बताउनुभयो ।
जिल्लामा ४१ हजार १७६ घरपरिवार छन् । ती सबै घरमा सुधारिएको चुलो अब दुई वर्षमा बनाई सक्नुपर्नेछ । सुधारिएको चुलोमा दाउरा कम खपत हुने, छिटो पाक्ने, धुवाँ बाहिर जानेलगायतका फाइदा रहेको प्रवद्र्धक बताउँछन् ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया