दुई परकम्प

इनेप्लिज २०७२ साउन १२ गते १५:३६ मा प्रकाशित

vukampaकाठमाडौँ, १२ साउन । आज साँझ ६ बजेर ३८ मिनेट जाँदा परकम्प महसुस गरिएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४.० रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ ।

गत वैशाख १२ को ‘गोरखा भूकम्प’ गएको आज तीन महिना पुगे पनि परकम्प जाने क्रम रोकिएको छैन । पछिल्लो महिना परकम्प जाने क्रम केही कम भए पनि साउन महिनामा भने दैनिक जसो परकम्प गइरहेका छन् । बारपाक केन्द्रविन्दु भएको ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि चार रिक्टर स्केल वा त्यसमाथिका ३६३ परकम्प गइसकेका छन् ।

प्रतिक्रिया