आफैँले चलाएको ट्र्याक्टरले किचेर मृत्यु

इनेप्लिज २०७२ साउन ११ गते ५:०९ मा प्रकाशित

सुरुङ्गा (झापा), ११ साउन । गएराति झापाको राजगढमा एक व्यक्तिको ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा टाघनडुब्बा–४ निवासी ३५ वर्षीय आलम शेख रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजगढ–३ निवासी समिर मियाको खेत जोत्ने क्रममा मे१त २६२९ नम्बरको ट्र्याक्टर पल्टिँदा उनलाई सोही ट्र्याक्टरले किचेको बताइएको छ ।

ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा उनको सोही ट्र्याक्टरले किचेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया